PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

१८औँ एसियाड : ब्याड्मिन्टनमा नेपालको पुरुष टिम पाकिस्तानलाई हराउँदै क्वाटरफाइनलमा, महिला टिम पराजित



पहिलोपोस्ट

१८औँ एसियाड : ब्याड्मिन्टनमा नेपालको पुरुष टिम पाकिस्तानलाई हराउँदै क्वाटरफाइनलमा, महिला टिम पराजित

काठमाडौँ : नेपालको पुरुष ब्याड्मिन्टन टिम इन्डोनेसियामा भइरहेको १८औँ एसियाडको ब्याड्मिन्टन पुरुष टिम स्पर्धामा क्वाटरफाइनलमा पुगेको छ।

आइतवार भएको राउण्ड अफ १६ को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। नेपालको पुरुष टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ  र नवीन श्रेष्ठ थिए। पुरुष टिम स्पर्धाको क्वाटरफाइनलमा नेपालले अब चाइनिज ताइपेईसँग सोमवार खेल्नेछ।

उता नेपालको महिला टिम भने २-० को अग्रता लिएर पनि माल्दिभ्ससँग ३-१ ले पराजित भएको छ। नेपाली टोलीमा नङ्गशल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी थिइन्।

यसैगरी आइतवारै भएको तेक्वान्दोको महिला टिम पुम्सेतर्फ नेपाली टोली चाइनिज ताइपेईसँग पराजित भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell