PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

'फेस वर्थ मोडल्स कल' सुरु



पहिलोपोस्ट

 'फेस वर्थ मोडल्स कल' सुरु

काठमाडौँ:  फेसबुक फोटो कन्टेस्ट 'फेस वर्थ मोडल्स कल' सुरु भएको छ। स्टाइल एण्ड सिटीले नयाँ मोडल तथा अनुभवी मोडलहरुका लागि 'फेस वर्थ मोडल्स कल' फोटो प्रतियोगिता सुरु गरेको हो।

प्रतियोगिताका लागि नयाँ मोडलहरुको फोटसुट पनि सम्पन्न भएको छ। सहभागी २० जना मोडलहरुको फोटोसुट शनिबार सम्पन्न भएको आयोजक टिमले जनाएको छ। अन्य मोडलका फोटोसुट पनि भइरहेको छ।  

प्रतियोगितामा सहभागी ५० जना महिला र पुरुष मोडलबीच फोटो कन्टेस्ट सुरु हुनेछ।  स्टाइल एण्ड सिटीको अफिसियल पेजबाट मोडलहरुका फोटो अप्लोड हुनेछ। फोटोहरुमा आएको लाइक्स र सेयरका आधारमा दुई जना विजेता छानिने आयोजक टिमले जनाएको छ। विजेताले स्टाइल एण्ड सिटीले आयोजना अर्को फेसन सोमा सहभागी हुन पाउनेछन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell