PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : टेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित



पहिलोपोस्ट

एसियाड : टेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत लनटेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित भएका छन्।

राउण्ड अफ ६४ मा नेपालका दुई पुरुष र दुई महिला खेलाडी पराजित भएका हुन्।

पुरुषतर्फ संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोला पराजित भए। बज्राचार्य इन्डोनेसियाका एम रिफ्की फित्रिएदीसँग २-० ले तथा बास्तोला भियतनामा लिन जियाङ तिनसँग २-१ ले पराजित भए। पहिलो सेट ६-१ ले जितेको बास्तोला दोस्रो र तेस्रो सेटमा समान ६-३ ले पछि परे।

यस्तै महिलातर्फ जुम्ल्हा दिदीबहिनी माहिका र मायांका राणा पराजित भए।

माहिका भियतनाकी सिला फोदोर तथा मायांका हङकङकी युडिस वोङ चोङसँग समान २-० ले पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell