PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

प्रदर्शनमा आएका तीन फिल्मको व्‍यवसायीक अवस्था



पहिलोपोस्ट

प्रदर्शनमा आएका तीन फिल्मको व्‍यवसायीक अवस्था

काठमाडौँ:  गत शुक्रबारबाट तीन नेपाली फिल्म प्रदर्शनमा आए 'जय शम्भु', 'मिस्टर भर्जिन' र 'ब्ल्याक'। बुधबार नै प्रदर्शनमा आएका दुई बलिउड फिल्म र हलिउड फिल्म 'अल्फा'सँग हलका लागि नेपाली फिल्महरुले प्रतिस्पर्धा गरे।

सुरुवाती सोमा दर्शकको राम्रो साथ पाएको 'जय शम्भु'ले सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राख्यो।  फिल्मले मल्टिप्लेक्समा शुक्रबार ४५ देखी ५० प्रतिशतको अकुपेन्सि कायम गरेको थियो। बलिउड फिल्मले पनि सोचे अनुसारको व्यापार नगरेपछि राजधानीका अधिकांश हलले 'जय शम्भु'लाई ठूलो पर्दा दिएको टिमले जनाएको छ।

काठमाडौंको गोपि, गुण, अष्टनारायण, गंगा, कलंकी, बाराही लगायतले शनिबारदेखी ठूलो पर्दा दिएका हुन्। यस्तै मोफसल समेत गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले बताए। रुपेश तामाङ निर्देशित फिल्ममा अनुप बिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको मुख्य अभिनय छ।

त्यस्तै शुक्रबार नै प्रदर्शनमा आएको 'मिस्टर भर्जिन' टिमले पनि सोहरु पाएको छ। सुरुवाती सोमा ८० प्रतिशत दर्शक अकुपेन्सि प्राप्त गरेको थियो। निर्माण टिमले फिल्मको सोहरु थपिँदै गएको बतायो। फिल्मलाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ।

प्रदीप श्रेष्ठ निर्देशित 'ब्ल्याक'लाई पनि दर्शकको राम्रो साथ पाएको दावी छ। फिल्महरुले पाएको थप सोसँगै व्यापार कस्ताो गर्ला त्यो भने बक्स अफिसको रिपोर्टले देखाउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell