PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

प्रकाण्डलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



पहिलोपोस्ट

प्रकाण्डलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौः  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतले अनुमति दिएको छ। 

जिल्ला अदालतले तीन दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए। उनी विरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग छ।

विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। उनका छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन्।

प्रहरीले साउन २२ गते प्रकाण्डलाई पक्राउ गरेको थियो। चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेपनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रवार रिहा भएका थिए। तर प्रहरीले रिहा भए लगतै अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell