PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

वर्ल्ड युथ बक्सिङ खेल्न कुसुम हंगेरी जाँदै



पहिलोपोस्ट

वर्ल्ड युथ बक्सिङ खेल्न कुसुम हंगेरी जाँदै

काठमाडौं : हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा विश्व युथ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका कुसुम तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्।

च्याम्पियनसिपका लागि कुसुमसहित दुई सदस्यीय नेपाली टोली आइतवार साँझ हंगेरी प्रस्थान गर्दैछन्।

नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।

कुसुम चार महिनाअघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो होन जोकसँग पराजित भएकी थिईन्। तर डो होन जोकले स्वर्ण जितेका करण कुसुमले र्‍याङकङिको आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएको संघका सदस्य श्याम अवालेले बताए।

कुसुम राखेप च्याम्पियनसिपको च्याम्पियन पनि हुन्। खेलाडी कुसुमले निरन्तर प्रशिक्षण भएका कारण नेपालका लागि पदक जित्ने लक्ष्य रहेको बताए।

कुसुम र टिम व्यवस्थापक पुस्कर राज पन्त आज साँझ हंगेरी प्रस्थान गर्नेछ। च्याम्पियनसिप २२ अगस्टबाट ३१ सम्म हुनेछ। कुसुमले प्रतिस्पर्धा गर्ने ५७ केजी तौल समूहमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहने जनाएको छ।

एक खेलाडी र एक व्यवस्थापकलाई राष्ट्रिय खेलकुद परिषद्का खेलकुद बिकास बिभागिय प्रमुख कुलबहादुर थापा,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले लगायत संघका पदाधिकारीले बिदाई गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell