PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

अन्तर्वार्ता लिँदालिँदै म्यानपावरमा विभागको छापा



पहिलोपोस्ट

अन्तर्वार्ता लिँदालिँदै म्यानपावरमा विभागको छापा

काठमाडौँः वैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ।

पूर्वस्विकृति विना नै  वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै कारोबार गरेकाले छापा मारिएको विभागका अधिकृत उद्धव रिजालले बताए।

कम्पनीले कतार जानका लागि १ लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको थियो। शङ्कास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी उक्त कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरी थप अनुसन्धान भइरहेको रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell