PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

करेन्ट लागेर उदयपुरमा एकको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर उदयपुरमा एकको मृत्यु
प्रतीकात्मक तस्विर

गाईघाटः उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ। विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो भने अर्का घाइते भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell