PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रदीप र प्रतापले मोफसलमा 'रोज'को प्रचार गर्ने



पहिलोपोस्ट

प्रदीप र प्रतापले मोफसलमा 'रोज'को प्रचार गर्ने

काठमाडौं:  फिल्म 'रोज' टिमले मोफस प्रचार तय गरेको छ। मोफसल प्रचार यात्रामा सांगीतिक कन्सर्ट हुने बताइएको छ। पोखराबाट फिल्मको मोफसल प्रचार सुरु हुने भएको हो।

१४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ। भदौ १५ मा बुटवलमा कन्सर्ट हुनेछ। १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट हुने भएको छ। फिल्मका मुख्य कलाकार प्रदीप खड्का र गायक प्रताप दासको टिमले मोफसलमा प्रस्तुति दिने भएको हो।

नीरक पौडेल निर्देशित फिल्म भदौ २२ देखी प्रदर्शनमा आउने भएको छ। गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्ट निर्माणमा बनेको फिल्ममा अभिनेता खड्कासँगै मिरुना मगर र परमिता राणाको अभिनय रहेकोछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell