PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसियाड : उसुकी निमाको कीर्तिमानी प्रदर्शन, ओलम्पियन गौरिका हिट चरणबाटै आउट



पहिलोपोस्ट

एसियाड : उसुकी निमाको कीर्तिमानी प्रदर्शन, ओलम्पियन गौरिका हिट चरणबाटै आउट

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत सोमवार नेपाली खेलाडी निमा घर्ती मरगले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

निमाले ९.७ अंकका साथ किर्तिमान बनाएकी हुन। इन्डोनेसियाको जर्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो।

दक्षिण एशीयाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन्। तर आज भने नयाँ राष्टिय कीर्तिमान बनाएकी निमा १२ खेलाडीमध्ये ११औँ स्थानमा रहिन्। यसमा चीनकी लु ताङले स्वर्ण जितिन् भने उज्विकस्तानकी लुतिशेभाले रजत जितिन्। हङकङकी युन का यीङले कास्य जितिन्।

यता पौडीमा सागकी पदक विजेता तथा ओलम्पियन खेलाडी गौरीका सिंह महिला एक सय मिटर फ्रिस्टालको हिट चरणबाट नै बाहिरीएकी छिन्। दोस्रो हिटमा रहेकी गौरिका निर्धारीत दुरी एक मिनेट आठ दुई मिलिसेकेण्डमा पुरा गर्दै छैटौँ स्थानमा रहिन्।

यहि विधामा अर्की नेपाली पौडीवाज टिसा शाक्य पनि हिट चरणबाट नै बाहिरीएकी छिन्। चौथो हिटमा प्रतिस्पर्धा गरेकी उनी पुछारमा रहिन्। उनले दुरी एक मिनेट ३ दशमलव नौ छ सेकेण्डमा पुरा गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell