PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : ब्याड्मिन्टन पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा पराजित



पहिलोपोस्ट

एसियाड : ब्याड्मिन्टन पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा पराजित

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको पुरुष टिाम इभेन्टमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ।
सोमवार भएको पुरुष टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भयो।


अन्तिम १६ मा नेपालले पाकिस्तानलाई पराजित गरेपनि ताइपेई विरुद्ध भने नेपालले राम्रो प्रदर्शन गर्न सकेन। नेपालको पुरुष टिम इभेन्टमा दिपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ र नवीन श्रेष्ठ थिए। महिला टिम इभेन्टमा नेपाल पहिलो चरणबाटै बाहिरिसकेको छ।

अब बिहीवारबाट ब्याड्मिन्टनको सिंगल्सतर्फको खेल सुरु हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell