PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

'चितवन प्लस टु अफ द इयर २०१८'को विजेता सम्पदा र बिमल



पहिलोपोस्ट

'चितवन प्लस टु अफ द इयर २०१८'को विजेता सम्पदा र बिमल

चितवन: सौन्दर्य प्रतियोगिता  'चितवन प्लस टु अफ द इयर २०१८' सम्पन्न भएको छ। महिलातर्फ सम्पदा अमगाई तथा पुरुषतर्फ बिमल अमगाई विजेता घोषित भए। टप वान मिडियाको आयोजनामा कार्यक्रम भएको हो।

यस सौन्दर्य प्रतियोगितामा महिलातर्फ फर्स्ट रनर्सअपमा गीता शर्मा तथा सेकेण्ड रनर्सअपमा ज्योति खड्काथोकी विजेता भए। पुरुषतर्फ राजेश सुनार फर्स्ट रनर्सअप भएका छन्l

प्रतियोगिताको विजेताले नगद दश हजारसहित क्राउन, ट्रफी लगायतका पुरस्कार प्राप्त गरे। साथै राष्ट्रियस्तरको प्रतियोगिता र म्युजिक भिडियोहरुका लागि अवसर दिने कार्यक्रम निर्देशक सरिता आचार्यले बताइन्l

सुर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा निर्माता निर्देशक दिपक खांड निर्णायक रहेका थिएl

प्रतियोगीहरुलाई एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो जसमा कोरियोग्राफरहरु राजेश कुमाल, सिर्जना गिरि, अस्मिता नेपाली बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक रब्स सापकोटाले गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell