PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

पूर्व राजदुत झा मृत्यु प्रकरण, तीन कामदार छानविनको घेरामा : 'सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ' - एसएसपी लामा



पहिलोपोस्ट

पूर्व राजदुत झा मृत्यु प्रकरण, तीन कामदार छानविनको घेरामा : 'सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ' - एसएसपी लामा

काठमाडौं: पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका थिए।

प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले बताए। अनुसन्धान शुरु भइसकेको र चाँडै निष्कर्षमा पुग्ने लामाले जानकारी दिए। 'यो घटनाबारे विस्तृत अनुसन्धान शुरु भइसकेको छ, प्रहरी चाँडै निष्कर्षमा पुग्छ,' काठमाडौं प्रहरी प्रमुखसमेत रहेका लामाले भने।

प्रहरीले घटनाबारे छानबिन गर्न झाकै घरमा काम गर्ने तीन कामदारलाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले उक्त घरमा काम गर्ने माली, भान्से र गार्डलाई पक्राउ गरेको प्रहरीले जनायो।

झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ। उनी बस्दै आएको निवासको एउटा झ्यालसमेत काटिएको प्रहरीले जनाएको छ। श्रीमतीले बिहान चिया खान नआएपछि कोठामा हेर्दा झालाई मृत अवस्थामा फेला पारेकी थिइन्।

८० वर्षीय झा श्रीमतीसहित बस्दै आएका थिए। शनिबारमात्र झाका छोरा बुहारी अमेरिका फर्किएका थिए। उनी फ्रान्सका लागि पूर्वराजदूत हुन्।

पूर्वराजदूत केशव झा मृत अवस्थामा फेला, प्रहरी भन्छ 'घटना शंकास्पद छ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell