PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रकाण्ड लाई उपस्थित गराउन अदालतको निर्देशन



पहिलोपोस्ट

प्रकाण्ड लाई उपस्थित गराउन अदालतको निर्देशन

काठमाडौः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई कारण सहित उपस्थित गराउन अदालतले आदेश दिएको छ।

सर्वोच्व अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नेता विकलाई उपस्थित हुन आदेश दिएको हो।  ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए।

उनी विरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग छ। तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले साउन २२ गते प्रकाण्डलाई पक्राउ गरेको थियो। चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेपनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रवार रिहा भएका थिए। तर प्रहरीले रिहा भए लगतै अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell