PahiloPost

May 16, 2026 | २ जेठ २०८३

इन्डोनेसियाका लागि गोल्ड मेडल जितेकी उसु खेलाडी लिन्डसवेल क्वोकलाई 'एसियाकी रानी' को उपमा



पहिलोपोस्ट

इन्डोनेसियाका लागि गोल्ड मेडल जितेकी उसु खेलाडी लिन्डसवेल क्वोकलाई 'एसियाकी रानी' को उपमा
फोटो : AP/XINHUA

इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत सोमवार घरेलु टोलीलाई गोल्डे मेडल जिताएपछि उसु खेलाडी लिन्डसवेल क्वोकले 'एसियाली रानी'को उपमा पाएकी छिन्।

उनलाई उक्त नाम दिने अरु कोही नभएर इन्डोनेसियाकै राष्ट्रपति जोको विडोडो हुन्।

क्वोक बीचमा

इन्डोनेसियाको खातामा गोल्ड मेडल थपेपछि राष्ट्रपति विडोडोले  उसु खेलाडी क्वोकलाई ‘एसियाकी रानी’ को संज्ञा दिएका हुन्। 
 

क्वोकले जितेको गोल्ड मेडल इन्डोनेसियाको लागि दोस्रो गोल्ड मेडल हो। त्यसपछि राष्ट्रपति विडोडोले समाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई बधाई दिँदै यसअघि साउथइस्ट एसियन उसुको मात्र रानी रहेकी क्वोक एसियाडमा गोल्ड जितेपछि एसियाकै रानी भएको ट्वीट गरेका हुन्।
‘लिन्ड्सवेल, साउथइस्ट एसियाकी उसुकी रानी थिइन्, अब उनी एसियाकै रानी बनेकी छिन्। बधाई!’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell