PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

तीनकुनेको 'ए वान क्याफे'बाट हतियारसहित सात जना पक्राउ



पहिलोपोस्ट

तीनकुनेको 'ए वान क्याफे'बाट हतियारसहित सात जना पक्राउ

काठमाडौः तीनकुनेस्थित एक रेष्टुरेण्टबाट प्रहरीले एक थान पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ।

ए वान क्याफेबाट हतियारसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले बताए। पेस्तोलको म्यागेजिन र चार राउण्ड गोलीसहित भुपेन राई, राज भण्डारी, समित राई, शुरेस श्रेष्ठ, मिङमा शेर्पा, रोमित श्रेष्ठ र सुजन थापा मगरलाई पक्राउ गरिएको हो। उनीहरु प्रहरी खोजी सुचीमा थिए।

एसएसपी लामाले भने,' विशेष सूचनाको आधारमा पक्राउ गरेका हौं। थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell