PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

साइकलको चेन बनाइदिनेले गरे निर्मलाको बलात्कारपछि हत्या



पहिलोपोस्ट

साइकलको चेन बनाइदिनेले गरे निर्मलाको बलात्कारपछि हत्या

काठमाडौं: गत साउन १० गते १३ वर्षीया निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथी आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ।

साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन्। दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन्। साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन्। साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो। निर्मला कतै भेटिइनन्।

घर परिवारमा हल्ला हुँदा निर्मलाको बलात्कारपछि हत्या भइसकेको थियो।

साथीको घरबाट फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रियो। उनी चेन बनाउन लागिन्। त्यतिकैमा ४१ वर्षीय दिलिप सिंह विष्ट आइपुगे। विष्टले निर्मलाको साइकलको चेन बनाउन लागे।  उनले पहिले कहिले विष्टलाई देखेकी थिइनन्।  विष्टले देउताको होइन दानव रुप देखाए।

एकान्तको फाइदा उठाउँदै उनले निर्मलालाई बलात्कार गरे।  विष्टको कुकर्म यतिमै रोकिएन। उनले निर्मलाको घाँटी थिची हत्या गरे। सोमबार कञ्चनपुर जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको डिएसपी ज्ञानबहादुर सेतीले बताए।

छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्‍यो। त्यो रात परिवारको लागि सकसमा नै बित्यो। बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो। निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटिएको थियो।

उनको शरीरमा चोट लागेको थियो। शरीर अर्धनग्न अवस्थामा थियो।

विष्ट  जेल परेर छुटेका व्यक्ति समेत हुन्। दश वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा उनले जेल सजाय भोगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell