PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रिमियर लिग : मिलनर र मानेको गोलमा लिभरपुल विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : मिलनर र मानेको गोलमा लिभरपुल विजयी
फोटो : premierleague/twitter

प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा लिभरपुल विजयी भएको छ। अवे मैदानमा लिभरपुलले दश खेलाडीमा झरेको क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै नया सिजनमा लगातार दोस्रो जित हात पारेको हो।

लिभरपुलका लागी जेम्स मिलनरले ४५औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने साडियो मानेले इन्जुरी टाइममा अर्को गोल थपे।

७५औँ मिनेटमा लिभरपुलमा मोहम्मद सलाहलाई फल गरेपछि क्रिस्टल प्यालेसमा आरोन बिसाका सिधै रातो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

लिगमा दुई चरणको खेल सकिदा लिभरपुलले साविक विजेता म्यानचेष्टर सिटी, चेल्सी, वाटफोर्ड, टोटनहम र बर्नमाउथसँगै शतप्रतिशत जित हात पारेको छ। गोलभिन्नताका आधारमा लिभरपुल सिटी भन्दा पछाडी रहँदै दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell