PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नेकपाको जिल्ला एकताः कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप



पहिलोपोस्ट

नेकपाको जिल्ला एकताः कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप
फाइल फोटो

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्य रुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो। यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो।

नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ। प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी समितिको बैठक भदौ १९ र २० गतेका लागि निर्धारण गरिएको छ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन आएका अन्य प्रदेशमा समितिको सङ्ख्या टुङ्गिए पनि नेतृत्वका लागि सहमति भई नसकेका हकमा विवाद मिलाएर वा मिल्न बाँकी भनी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको बताए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेकपा घोषणा भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell