PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

चितवनमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

चितवनः गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठेलामा पानी तान्ने पम्प राखेर दुबै जना सडकमा हिँडिरहेका थिए। मृतकको सनाखत हुन सकेको छैन।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ। भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो। घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell