PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एसियाड : तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा प्रवेश, अनोज पराजित



पहिलोपोस्ट

एसियाड : तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा प्रवेश, अनोज पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियामा नेपाली तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा पुगेकी छिन्।

महिला ५७ केजीमुनी तौल समूहको प्रिक्वाटरफाइनलमा ज्ञानीले भुटानकी  किनजान छोदेनलाई २६-६ ले पराजित गरिन्।

अब ज्ञानीले क्वाटरफाइनलमा फिलिपिन्सकी लुइसे लोपेजसँग खेल्नेछिन्।

यस्तै पुरुष ८० केजीमाथि तौल समूहको राउण्ड अप १६ मा नेपालका अनोज पुरी कजाखस्तानका रुस्लान जापारोभसँग २१-० ले पराजित भएका छन्।

त्यसअघि ६७ केजीमाथि ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell