PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

लाइसेन्सको आवेदनमा पनि कोटा, भदौको कोटा ४ गते नै 'प्याक'



पहिलोपोस्ट

लाइसेन्सको आवेदनमा पनि कोटा, भदौको कोटा ४ गते नै 'प्याक'

काठमाडौँः यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदनमा पनि कोटा तोकेर खुलाउने गरेको पाइएको छ।

विभागले माघदेखि देशैभर अनलाइन आवेदन अनिवार्य  गरेको भए पनि सीमित कोटा तोकेर आवेदन खुल्ला गर्दा अधिकांशले आवेदन दिन नपाएको गुनासो गरेका छन्। भदौ पहिलो साता नसकिँदै भदौ महिनाको कोटा सकिँदा सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ।

यातायात व्यवस्था विभागका निर्देशक तुल्सीराम अर्यालका अनुसार आवेदन खुल्ला गर्दा कार्यालयको क्षमता अनुसार कोटा तोकेर सीमित समयका लागि खुल्ला गर्ने गरिएको छ।

'हामीले साउन दोस्रो साता खुलाउँदा पनि कोटा तोकेर भदौ मसान्तसम्मका लागि भनेर खोलेका थियौँ उनले भने 'भदौ मसान्तपछि केही समय रोकेर फेरि खोल्छौ।'

सरकारले गत साउन १३ गते डेढदेखि महिनापछि लाइसेन्सको आवेदन खुल्ला गरेको थियो।

विभागको काठमाडौँ उपत्यकामा भक्तपुरको जगाती, काठमाडौँमा ठूलो भर्‍याङ, सुकेधारा, र ललितपुरमा एकान्तकुना गरी चारवटा कार्यालयहरू रहेका छन्।

यी चारवटै कार्यालयमा 'ए' बाइक र 'K' स्कुटरका लागि दैनिक तीनसय तथा 'B' कार र जीपका लागि दुर्इ सय छुट्ट्याएको विभागले छुट्ट्याउने गरेको छ।

भदौको ४ गते हुँदा भदौ महिनाको उपत्यका लगायत देशका अधिकांश यातायात कार्यालयको कोटा प्याक भइसकेको छ। यदि कसैले यी स्थानबाट आवेदन दिने हो भने अर्कोपटक पर्खनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell