PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

वाइफाइको पासवर्डमा फिल्मको प्रचार



पहिलोपोस्ट

वाइफाइको पासवर्डमा फिल्मको प्रचार

काठमाडौँः फिल्म प्रचारका लागि फिल्मकर्मी नयाँ प्रचार अस्त्रको प्रयोग गर्ने गर्छन्। भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म 'रामकहानी'ले पनि प्रचारका नयाँ तरिका प्रयोगमा ल्याएको छ।

काठमाडौंका विभिन्न रेष्टुरेन्टको वाइफाइको आइडी र पासवर्डमा फिल्मको नाम राख्ने क्याम्पिएन पनि चलाए। अब निर्माण टिमले सिग्नेचर क्याम्पिएन सुरु गरेको छ। बसन्तपुरका पुगेका यूवाहरुले ‘रामकहानी’को टिसर्टमा सिग्नेचर मानिसहरुलाई हस्ताक्षर गर्न लगाए। हस्ताक्षर गर्ने दर्शकलाई ती युवाहरुले फिल्मबारे जानकारी दिए।

यसरी प्रचार गर्दैमा हलमा दर्शक ओइरिन्छन् भन्ने छैन। मोफसल प्रचारमा पुगेका केही पछिल्ला फिल्म नै नचलेका पनि छन्। सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा भने पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell