काठमाडौं : इन्डोनेसिया भइरहेको १८औं एसियन गेम्सअन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले मंगलवार नया राष्ट्रिय किर्तीमान बनाएकी छिन्।
सन्जुले महिला ५३ केजी तौल समूहमा तीन राष्ट्रिय किर्तीमान बनाइन्। तर एसियाका अनय खेलाडीहरुसँग भने सन्जुको प्रदर्शन राम्रो हुन सकेन। १२ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सन्जु अन्तिम स्थानमा रहिन्।
सन्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १५८ केजी तौल बहन गर्दै आफ्नै कीर्तिमानमासुधार गर्दै तीन राष्ट्रिय कीर्तीमान बनाएकी हुन्।
सन्जुले यसअघि नेपालगंजमा भएको एसियन गेम्सको छनोटअन्तर्गत स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १५६ केजीको कीर्तिमान बनाएकी थिइन्।