PahiloPost

May 16, 2026 | २ जेठ २०८३

ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट अनिवार्य



पहिलोपोस्ट

ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट अनिवार्य

काठमाडौँः काठमाडौँमा ट्याक्सी चलाउने चालकले अनिवार्य रूपमा पहेँलो ज्याकेट लगाउनु पर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि चालकले ज्याकेट (फ्लोरेसेन्ट) लगाउनु पर्ने नियम लागू गरेको हो। चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र  चालकको बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्न समेत सजिलो हुने महाशाखाका एसएसपी वसन्त पन्तले बताए।

एसएसपी पन्तले भने, 'एकरुपता ल्याउन र उनीहरुको पहिचानको लागि यो व्यवस्था ल्याएका हौँ।'

उपत्यकाभित्रका तीन जिल्लामा ११ हजारको हाराहारीका ट्याक्सी चालकहरू रहेको महाशाखाले जनाएको छ। ट्याक्सी व्यवसायी संघले ज्याकेट वितरणको जिम्मा लिएको छ। चालकले संघबाट नै निश्चित शुल्क लिएर ज्याकेट खरिद गर्नु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell