
काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत तेक्वान्दोका बुधवार नेपालका दुई पुरुष खेलाडी अन्तिम १६ मा पराजित भएका छन्। पुरुष ६३ केजीमुनी तौल समूहमा पहिलो खेल जितेका नेपालका विर बहादुर महरा अन्तिम १६ मा कजाखस्तानका काज्बेक बाक्तीयाश्रलीसँग ३०-१९ ले पराजित भए।
यस्तै पुरुष ८० केजीमुनी सिधै अन्तिम १६ मा खेलेका नेपालका भुपेन श्रेष्ठ रमेश हुसानी २७-७ ले पराजित भए।
एसियन गेम्समा पदक आशा गरिएको खेलका रुपमा हेरिएपनि नेपालका कुनै पनि तेक्वान्दो खेलाडीले इन्डोनेसियामा त्यसअनुसारको चुनौती प्रस्तुत गर्न सकेनन्।
अब तेक्वान्दोमा नेपालका दुई खेलाडीले खेल्न बाँकी छ। पुरुष ६८ केजीमुनी ज्ञानेन्द्र हमाल र महिला ४९ केजीमुनी अस्मिता खड्काले प्रतिस्पर्धा गर्नेछन्।