काठमाडौँः अभिनेत्री अनुप बिक्रम शाहीले बलिउड अभिनेत्री सन्नी लियोनीसँग स्क्रिन सेयर गर्ने भएका छन्। १५ मिनेट जतिको छोटो दृश्यमा लियोनीसँग अनुपले स्क्रिन सेयर गर्ने भएका हुन्। नेपाली फिल्म गर्न सन्नी पनि तयार भएको निर्माण टिमले जनाएको छ।
अमित बस्नेत र हिरल जोशीको निर्माणमा बन्ने फिल्म 'पासवर्ड'मा सन्नी र अनुप एकसाथ देखिने भएका हुन्। फिल्मको छायाँकन लण्डनमा हुने भएको छ। हुन त अनुपले यसअघि पनि बलिउड गीत गरेका छन्। अनुपको बलिउडतर्फ झुकाव पनि छ। उनी भन्छन्, 'जसलाई पनि अघि बढ्न मन लाग्छ। बलिउडमा चान्स पायो भने किन नगर्ने? सबै काम गर्छु।'
फिल्म 'पासवर्ड'मा भने छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा लगायतको अभिनय रहनेछ। निर्माण टिमले फिल्ममा सन्नीले अभिनय गर्ने कुरा लुकाउन खाोजेका थिए। तर छायाँकन नजिकिँदै जाँदा फिल्मको टिमबाट नै कुरा बाहिरिएको हो।