PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

घरजग्गा पास गर्दा मालपोतमा बिचौलिया निषेध, आफै फारम भरेर जग्गा पास गर्न सकिने



अमर बडुवाल

घरजग्गा पास गर्दा मालपोतमा बिचौलिया निषेध, आफै फारम भरेर जग्गा पास गर्न सकिने

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिचौलिया निषेध गर्दै सर्वसाधरणले सजिलै फारम भरेर घरजग्गा पास गर्ने संयन्त्र तयार पारेको छ।

विगतदेखिनै फारम भरेर जग्गा पास गर्ने व्यवस्था भएपनि झन्झटिलो भएर प्रयोगनै हुन सकेको थिएन। झझन्टिलो भएकै कारण मालपोत कार्यालयमा लेखापढी व्यवसायीलार्इ घरजग्गा पास गर्दा अतिरिक्त पैसा बुझाउनुपर्थ्यो।

मन्त्रालयले फारमको नमूना परिवर्तन गरेर सामान्य लेख्न जान्ने व्यक्तिले भर्न सकिने बनाउन लागेको हो। मन्त्रालयका अनुसार सामान्य लेखपढ गरेका सर्वसाधारणले पनि आफैले भर्न मिल्ने गरी फारम बनाइनेछ।

अहिले प्रयोगमा आइरहेको फारममा कुनै फर्म्याट नहुँदा लेखापढी व्यवसायीलाई गुहार्नै पर्ने अवस्था छ। तर अब आउने फारममा भने सबै कुरा बुझ्ने भाषामा राखिएको र छोटो बनाइएको मन्त्री पद्मा अर्यालले बताइन्।

पूरानो परम्परागत फारममा तमसुक शैलीमा विवरण भर्नुपर्छ। नयाँ फारमको नमूनामा तमसुक शैलीलार्इ हटाइएको छ। घरजग्गाको विवरण उल्लेख भएको हुनेछ। 

पहिलेको फारममा लामो नेपाली कागजमा लेख्नुपर्थ्यो। अहिलेको फारम भने चलन चल्तीमा रहेको प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने 'ए फोर' साइजको हुनेछ।यो फारमलार्इ कम्प्युटरमा भरेर सहजै प्रिन्ट गर्न सकिन्छ।

नयाँ फारम लागु भएपछि अव लेखापढीकहाँ धाइरहनु पर्दैन। कम्प्युटर हुनेले कम्प्युटरमा फारम भर्न सक्छन् भने नहुनले फारमको नमुना किनेर हातैले पनि भर्न सक्छन्। तर यस भन्दा अघि फारमको नमूना किन्न पाइदैन्थ्यो।कम्प्युटरमा प्रिन्टको व्यवस्थै थिएन।

अनलाइनमार्फत जग्गा किनबेच गर्न यो फारम अझ प्रभावकारी हुने छ। पहिलेको फारम अनलाइनमा राख्न सम्भव थिएन। अव भने कम्प्युटरबाट भरेको फारम प्रिन्ट गरेर हस्ताक्षर र औंठा छाप गरे पुग्छ। त्यसैलाई स्क्यान गरेर मालपोतमा इमेल गरेपछि अनलाइनमार्फत घरै बसेर पनि जग्गा किनबेच गर्न सकिन्छ।

घर जग्गाको किनबेच सुरु भएदेखिनै प्रयोगमा आएको फारमको नमुना बल्ल परिवर्तन गर्न लागिएको हो। यस अघि लेखापढी व्यवसायीहरुले व्यक्ति र ठाउँ हेरेर एउटा फारम भरेको पाँच सय देखि १५ हजार रुपैयाँ सम्म लिने गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell