PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा नेपाल १९४ रनमा अलआउट, आरिफले बनाए ८९ रन



पहिलोपोस्ट

नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा नेपाल १९४ रनमा अलआउट, आरिफले बनाए ८९ रन
फाइल फोटो

काठमाडौँ : मलेसियामा हुने एसिया कप छनोट क्रिकेटको तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेलिरहेको छ।

श्रीलंकाको आर्मी क्रिकेट क्लबसँग टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.४ ओभरमा १९४ रनमा अलआउट भएको छ। नेपालको लागि बरिफ शेखले सर्वाधिक ८९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन्। आरिफले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेबाट नेपालको निरन्तर विकेट झरिरहेको थियो।

१५ ओभरमा ५९/५ मा रहेको नेपालको स्कोर उकास्न आरिफले ११८ बल खेल्दै ८९ रन जवडेका हुन्।

नियमित कप्तान पारस खड्का, सागर पुन र करण केसी आजको खेलमा खेलेका छैनन्। पारसको सट्टा आज ज्ञानेन्द्रले कप्तानी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell