PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते



पी बी खड्का

बाइक र फोर्स ठोक्किँदा वडा अध्यक्ष र इन्जिनियर घाइते

सुर्खेत: मोटरसाइकल र फोर्स गाडी एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्। सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत दैलेखको गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरी चौकी रानिमत्ताका इन्चाजै भिमबहादुर बस्नेतले जानकारी दिए।
 
दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी र सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल एकआपसमा ठक्किएको हो।

प्रहरीको अनुसार दुर्घटनामा जुम्ला हिमा गाउँपालिकाका वडा अध्यक्ष रजबहदाुर शाही र सोही गाउँपालिकाका इन्जिनियर ललित रावत घाइते भएका हुन् हुन्। 

अध्यक्ष शाहीको अवस्था सामान्य छ भने इन्जिनियर रावतको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ। घाइते दुवै जनाको उपचारका लागि सुर्खेत पुर्या‍ईएको छ। आफ्नो साइड छोडेर विपरीत साइडमा गुडेको मोटरसाइकल र फोर्स गाडी ठोक्किएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell