इन्डोनेसियामा भइरहेको १८औँ एसियाडअन्तर्गत महिला टेनिस डबल्समा नेपालका माहिका र मायांका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन्।
बुधवार भएको अन्तिम १६ को खेलमा जुम्लाहा दिदीबहिनीको जोडी जापानी जोडीसँग २-० को सोझो सेटमा पराजित भए।
जापनका मोयुका यचिजिमा र एरिना हायासीको जोडीले राणा दिदीबहिनीको जोडीलाई ६-०, ६-० को सेटमा हराए।
राडा जोडीको हारपछि एसियाडमा टेनिसतर्फ नेपालको चुनौती समाप्त भइसकेको छ।