PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सलमानको फिल्म छोडेर प्रियंकाले गर्ने भइन् 'क्रिस'को चौथो संस्करण



पहिलोपोस्ट

सलमानको फिल्म छोडेर प्रियंकाले गर्ने भइन् 'क्रिस'को चौथो संस्करण

हालै हलिउड गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक रोशनसँग फिल्म गर्ने भएकी छिन्। उनी 'क्रिस ४'मा अनुबन्धित भएकी हुन्।

उनले पछिल्लो समय सलमान खानसँगको फिल्म 'भारत' नगर्ने निर्णय गरेकी थिइन्। जुन विषय बलिउड मिडियाको हट केक बन्यो। इन्गेजमेन्टको समय र फिल्मको छायाँकन एउटै समयमा जुधेपछि उनले 'भारत' छोडेको दाबी गरेकी थिइन्। लामो समयदेखी भारतीय दर्शकमाझ नदेखिएकी प्रियंकाको लागि 'भारत' कम ब्याक हुन सक्थ्यो। तर उनले फिल्म गरिनन्।

मगनी लगत्तै भने उनले 'क्रिस ४' गर्ने खबर सार्वजनिक भएको छ। फिल्मको सक्रिप्ट लेखनमा अहिले राकेश रोशन व्यस्त छन्।

भारतीय मिडियाका अनुसार फिल्म २०२० को डिसेम्बरमा प्रदर्शनमा आउनेछ। अभिनेत्री प्रियंका 'क्रिस' र 'क्रिस ३' मा देखिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell