PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मधेशमा मार्क्सवाद कार्यक्रममा झलनाथ खनालले भने : अगामी चुनावपछि प्रदेश २ मा कम्यूनिष्टको सरकार



राधेश्याम पटेल

मधेशमा मार्क्सवाद कार्यक्रममा झलनाथ खनालले भने : अगामी चुनावपछि प्रदेश २ मा कम्यूनिष्टको सरकार

वीरगंज: नेपाल कम्यूनिस्ट पार्टी नेकपाले आजदेखि मधेशमा मार्क्सवाद शुरु भएको उद्घोष गरेको छ। कार्ल मार्क्स जन्मको द्विशतबार्षिकीको अवसरमा वीरगंजको नगर सभागृहमा आयोजना गरिएको मधेसमा मार्क्सवाद प्रादेशिक गोष्ठीको उद्घाटन सत्रमा कम्यूनिष्ट नेता तथा कार्यकर्ताहरुले यस्तो उद्घोष गरेका हुन्। संसार भरीको श्रमजीवीहरु एकजुट हौऔं भन्ने नाराका साथ दुई दिने प्रादेशिक गोष्ठीको उद्घाटन नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसको पहिलो शहीद मुखलाल महतोको फोटोमा माल्यार्ण गर्दै कार्यक्रम उद्घाटन गरे।

नेपालका कम्युनिष्ट नेताहरुको उपस्थितिमा कार्ल मार्क्सको बारेमा मधेशमा जागरण फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमबाट मधेसमा मार्क्सवाद स्थापित गर्ने पार्टीको रणनीति रहेको छ। प्रदेश नम्बर २ का आठ वटा जिल्लाबाट एकहजार जनाको सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री खनालले प्रदेश २ मा ३१ प्रदेश सांसदसहित अहिले पनि नेकपा ठुलो दल रहेको चर्चा गर्दै अगामी निर्वाचनमा दुई तिहाईको बहुमतको सरकार बनाउने दिशामा अघि बढेको स्पष्ट पारे। उनले तराई मधेश बुद्ध जन्मेको र ऋग्वेद लेखिएको ठाउँ भएतापनि पछि परेकोमा चिन्ता प्रकट गर्दै वैज्ञानिक समाजवादको अभावमा मधेश विकसित हुन नसकेको बताए। 


‘समाज विकासको लागि वैज्ञानिक समाजवाद आवश्यक छ, त्यो मार्क्सवाद मात्र सम्भव छ,’उनले भने। वैज्ञानिक समाजवाद लागु भएपछि समाजिक रुपान्तरणबाट मधेसको उत्पादकत्व बढछ, पूँजीवादी समान्तवादको अन्त्य भइ मधेश समृद्ध र विकसित हुने उनले ठोकुवा गरे। मधेशको समस्या भनेको पूजीवादी सामान्तवाद भएको उल्लेख गर्दै खनालले यसैले गर्दा रोजगारी नभएको बताए।

नेकपाका नेता तथा मधेसमा माक्सवाद अभियानका संयोजक घनश्याम भुषालले यही पवित्र भूमिबाट मधेसको व्यक्ति–व्यक्ति र घरघरमा माक्सवादको विचार पुर्‍याउने पर्ने बेला आएको भनी नेता कार्यकर्ताहरुलाई निर्देशन दिए। ‘मार्क्सवाद मधेशको पछौटेपन अन्त्य गर्छ, यो नै अहिलेको मधेश समृद्ध पार्ने मुल अस्त्र हो,’उनले भने।

पोलिटब्युरो सदस्य एव पूर्व सांसद नागेन्द्र चौधरीले मधेशबाट गैर कम्यूनिष्ट पार्टीलाई उखेलेर फाल्न मार्क्सवाद वारदान साबित हुने विचार राखे। 

कायक्रममा नेकपा मसालका महासचिव मोहनविक्रम सिंह, नेकपा नेताहरु राम कार्की, गणेश साह, डा.विजय पौडेल, ठाकुर गैरे लगायतहरुले प्रशिक्षण दिने आयोजक समितिका अरविन्द सिंहले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell