PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पर्यटन बोर्डमा तामाङ ज्ञान महोत्सव : फोटोमा हेर्नुस्

पर्यटन बोर्डमा तामाङ ज्ञान महोत्सव : फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: राजधानीस्थित नेपाल पर्यटन बोर्डमा तेस्रो तामाङ ज्ञान महोत्सव शुरु भएको छ। हरेक भदौ ६ लाई तामाङ समूदायले आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ। यही सिलसिलामा ज्ञान महोत्सव आयोजना गरिएको आयोजक एवं भाषाविद् अमृत योञ्जन तामाङले जानकारी दिए।

'आजकै दिन वि.स‌. १९८९ मा तत्कालीन राणा सरकारले 'तामाङ' लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो, यसअघि तामाङहरुलाई आफ्नो थर लेख्न प्रतिबन्ध लगाएको थियो,' योञ्जनले भने।

ताम्बाहरुले सेरगेम गरेपछि शुरु भएको कार्यक्रममा प्रदेश ३ की उपसभामुख राधिका तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित भएकी थिइन्।
भोलिसम्म चल्ने महोत्सवमा तामाङ ज्ञानसम्वन्धी सेमिनारकासाथै तामाङ संस्कृति झल्काउने सामग्रीहरुसमेत प्रदर्शनी शुरु भएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell