PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

गाउँपालिकाले ल्यायो शैक्षिक गुणस्तर वृद्धि गर्न ‘टकिङ् टिचर्स’ प्रविधि



पहिलोपोस्ट

गाउँपालिकाले ल्यायो शैक्षिक गुणस्तर वृद्धि गर्न ‘टकिङ् टिचर्स’ प्रविधि

सुर्खेत : प्राइमरी टकिङ् टिचर्स (बोल्ने कलम) प्रविधि सिम्ता गाउँपालिकाको विद्यालयमा हस्तान्तरण गरिएको छ। गाउँपालिका प्रत्येक वडाका एक आधारभूत विद्यालय र एक प्रावि गरी ९ वटा विद्यालयमा प्रविधि हस्तान्तरण गरेको हो।

शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यो प्रविधि विद्यालयमा हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए।

विद्यालयहरुमा आधारभुत विद्यालय झ्यामा, प्रावि खान्मा, आधारभुत विद्यालय पानी खोला, प्रावि डोव्का, प्रावि राकम, सिद्ध प्रावि बजेडीचौर विद्यालयमा प्रविधि हस्तान्तर गरिसकेको छ भने बाँकी तीन वटा विद्यालयमा एक दुईभित्र हस्तान्तरण गरिने अध्यक्ष केसीले बताए।
 
पछिल्लो समय निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढेकाले सामुदायिक विद्यालयको गुणस्तर खस्किन नदिन यो प्रविधि भित्र्याइएको उनको भनाई छ। यो प्रविधिले कितावमा टच गर्दा कलम आफैँ बोल्ने र गीत, पाठ, कविता लेख्दा आफै बोल्ने अध्यक्ष केसीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell