PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते
प्रतीकात्मक तस्विर

नुवाकोटः जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ। सो घटनामा अन्य दुई घाइते भएका छन्।

आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस हुनुभएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

गएराति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केभी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए। सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उनको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell