इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा तेक्वान्दवतर्फ नेपालको चुनौती समाप्त भएको छ। पदक जित्ने खेलको रुपमा हेरिएपनि नेपालका कुनै पनि खेलाडी पदकको छेउसमेत पुग्न सकेनन्।
बिहीवार नेपालका दुई खेलाडी अन्तिम १६ मा पराजित भए।
पुरुष ६८ केजीमुनी तौल समूहमा नेपालका ज्ञानेन्द्र हमालले अन्तिम ३२ मा भुटानका जिग्मे वाङचुकलाई ३९-१७ ले हराएपछि अन्तिम १६ मा भने मलेसियाका रोजाइमी रोजालीसँग ३०-२ ले हारे।
महिला ४९ केजीमुनी नेपालका अस्मिता खड्का नयीद कियानीचान्डेहसँग ४३-४ को पराकिलो अन्तरले पराजित भइन्।