PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर तनावग्रस्त, थप प्रहरी मगाइयो



पहिलोपोस्ट

निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर तनावग्रस्त, थप प्रहरी मगाइयो
फोटोः किरण रुम्बाको फेसबुकबाट

काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासी र प्रहरीबीच झडप हुँदा कञ्चनपुर थप तनावग्रस्त बन्दै गएको छ।

स्थिति नियन्त्रण लिन कञ्चनपुरमा कैलालीबाट थप प्रहरी समेत मगाइएको छ। सय जनाभन्दा बढीको सङख्यामा प्रहरी कैलालीबाट कञ्चनपुर पुगेका छन्।

आज बिहानैदेखि स्थानीयवासी, व्यापारी, विभिन्न संघ-संस्थाका व्यक्तिहरु, विद्यार्थीहरू हत्याको सत्थतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनको कारण विद्यालय, बजार, यातायात बन्द छ। जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेतीले बताए।

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत सोमबार हत्यामा संलग्न सार्वजनिक गरेको थियो।

प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

प्रदेश प्रहरीले बुधबार मात्र घटनाको छानबिन गर्न एसएसपी विक्रम चन्दलाई खटाइएको छ। प्रहरीको अनुसन्धान माथि नै चर्को विरोध हुन थालेपछि प्रहरीले विष्टको डिएनए परीक्षण गर्ने भएको छ।

कञ्चनपुरका एसपी डिल्लीराज विष्टलाई फिर्ता बोलाउने विषयमा पनि प्रहरी प्रधान कार्यालयमा छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell