PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

'मन्नत' बाहिर दर्शक भेला



पहिलोपोस्ट

'मन्नत' बाहिर दर्शक भेला

बलिउड अभिनेता शाहरुख खानको घर 'मन्नत'मा बुधबार दर्शकको ओइरो नै थियो। हुन त 'मन्नत'को गेटमा शारुखका फ्यान फोटो खिच्नका लागि हरेकदिन पुग्ने गर्छन्। शारुखलाई भेट्न नपाए पनि मन्नतको गेटमा फोटो खिच्ने दर्शकको क्रेज छुट्टै छ।

दर्शकको बाक्लो उपस्थिति त्यहाँ शारुखलाई बकर इदको शुभकामना दिन पुगेका थिए। आफ्ना छोरा अब्राहमलाई काँधमा बोकेर फ्यान माझ शारुख देखा परेका थिए। भारतीय मिडियाका अनुसार घरको बार्दलीबाट नै उनले फ्यानलाई सम्बोधन गरेका थिए। सम्पूर्ण फ्यानलाई टुइटर मार्फत पनि उनले इदको शुभकामना दिएका छन्।


किङ खानको जन्मदिन होस् या अन्य कुनै अवसरमा उनका फ्यान घर बाहिर भेला हुने गर्छन्। खानको यस किसिमको स्टारडमसँग बलिउड कै कत्ति फिल्मकर्मी डाह गर्ने गर्छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell