PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड: विकास र नवीनको जोडी प्रिक्वाटरमा, मिक्स डबल्समा नेपालको दुवै जोडी पराजित



पहिलोपोस्ट

एसियाड:  विकास र नवीनको जोडी प्रिक्वाटरमा, मिक्स डबल्समा नेपालको दुवै जोडी पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको मेन्स डबल्समा नेपालको विकास र नवीन श्रेष्ठको जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन एनखबाट र तेमुलेन गोम्बुडोजको जोडीलाई राउण्ड अफ ३२ को खेलमा २१-१२, २१-७ ले पराजित गरे।

मिक्स डबल्समा भने नेपालको दुवै जोडी पराजित भएका छन्। नङ्शल र रत्नजित तामाङको जोडी इन्डोनेसियाको जोडीसँग २१-१३, २१-७ ले पराजित भए।

यस्तै दिपेश धामी र जेसिका गुरुङको जोडी  चुन र चाउ होईको जोडीसँग २१-११, २१-११ ले पराजित भए।

आजै वुमन्स सिंगल्समा नङ्गशल तामाङ र जेसिका गुरुङ तथा वुमेन्स डबल्‍समा यी दुई खेलाडीको जोडीले प्रतिस्पर्धा गर्नेछ।

मेन्स डबल्समै दिपेश धामी र रत्नजितले खेल्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell