PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ह्याप्पी बर्थडे दीपा



पहिलोपोस्ट

ह्याप्पी बर्थडे दीपा

आज कलाकार तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो। उनी ४४ वर्षकी भइन्। २०३२ साल भदौ ७ गते विराटनगरमा जन्मिएकी उनी कलाकारिता गर्दै काठमाडौंमा रहँदै आएकी छिन्।

रेडियो नाटकबाट सुरु भएको उनको कलाकारिता यात्रा केही फिल्म, टेलिश्रृङ्खलामा अभिनय हुँदै फिल्म निर्माण निर्देशनसम्म पुगिसकेको छ। टेलिश्रृङ्खला अग्निपथबाट अभिनय थालेकी उनको २०६० साल भदौबाट प्रशारण सुरु भएको हास्य टेलिश्रृङ्खला 'तितोसत्य'बाट चर्चा चुलियो।

हाल उनी कलाकारितासँगै सामाजिक कार्यमा पनि सक्रिय छिन्। फिल्म 'छक्कापञ्जा'बाट उत्कृष्ट निर्देशक समेत घोषित भइन्। फिल्मले नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सन गरेको थियो। दीपाले आफ्नो जन्मदिन परासीमा मनाउँदै छिन्। छक्कापञ्जा तेस्रो संस्करणको गीत छायांकनका लागि उनी टिमसँग छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell