PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

ढुंगाले जोगायो बसलाई नदीमा खस्नबाट, ३ सामान्य घाइते 



पी बी खड्का

ढुंगाले जोगायो बसलाई नदीमा खस्नबाट, ३ सामान्य घाइते 

सुर्खेत: कालिकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जना यात्रु घाइते भएका छन्। जुम्लाबाट सुर्खेतर्फ आउँदै गरेको ना ६ ख २५३६ नम्बरको बस र कालिकोटको मान्मादेखि जुम्ला जाँदै गरेको भे १ ख १८९८ नम्बरको ट्रक कर्णाली राजमार्गको नाग्मघाट नजिक खाँडाचक्रमा ठोक्किदा दुर्घटना भएको हो। 

दुर्घटनामा बसमा सवार तीन यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरज चौलागाईले जानकारी दिए। 

सडको मोडमा तिव्र गतिमा हुँदा बस र ट्रक एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरी निरीक्षक चौलागाईले बताए।  ‘सडक छेउको ढुंगाले बसलाई नरोकेको भए ठुलो दुर्घटना हुने थियो।’ उनले भने,‘धन्न बस नदीमा खस्न पाएनछ, कोही कसैलाई त्यस्तो ठुलो चोटपटक पनि लागेको छैन।’ सामान्य घाइतेलाई कालिकोट जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell