
काठमाडौं: करिव ७ बर्ष अगाडिको रोजी महर्जन हत्याकाण्डमा आधारित भनेर छायाँकन सुरु गरेको फिल्म 'रोजी'को नाम परिवर्तन भएर 'रोज' बन्यो।
रोजीका परिवारले फिल्मको विषय र नाममा आपत्ति जनाएका हुन्। पछि निर्माण टिम र रोजीको परिवार अनि ज्यापू समुदायबीच त्रिपक्षीय वार्तापछि फिल्म युनिटले रिलिजको एक महिना पनि बाँकी नहुँदै नाम परिवर्तनको कदम उठायो।
'कसैको भावनामा चोट नपुगोस् भनेर हामीले नाम फेर्यौं', फिल्म निर्देशक निरक पौडेलले स्पष्टिकरण दिँदै भने,'रोजी परिवारको सम्मान गरेका हौं। उहाँहरुको आरोपजस्तो केही पनि मिल्दैन।'
विहीबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्मको कथा रोजीको यथार्थ घटनासँग वा अरु कुनै स्क्रिप्टसँग मेल खानु संयोग मात्र भएको जनाए। भने- 'हामीबीच सहमती पनि भइसक्यो अब यो विवादको विषय रहेन।'
उनले फिल्म युनिटले महर्जन परिवारलाई फिल्मको पुरै कथा पढेर सुनाएको जानकारी समेत दिए।
गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित क्राइम थ्रीलर ड्रामामा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।