PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

विश्वमा आज: ट्रम्पको प्रतिक्रियादेखि फ्रान्समा चक्कु आक्रमणसम्म



पहिलोपोस्ट

विश्वमा आज: ट्रम्पको प्रतिक्रियादेखि फ्रान्समा चक्कु आक्रमणसम्म

ट्रम्पको प्रतिक्रिया



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू माथि महाभियोग लगाउने हल्लाका बारे प्रतिक्रिया दिएका छन्। उनले भने 'यदि म माथि कहिल्यै महाभियोग लगाइए अर्थतन्त्र डुुब्ने छ। ' अमेरिकी अदालतले सन् २०१६ को निर्वाचन अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोपमा ट्रम्पका दुईजना नजिकका सहियोगी माथि हिजो जेल सजाय सुनाएको थियो। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिए पछि उनी माथि महाभियोग लगाउने डेमोक्रेटहरु बताइ रहेका छन्। 

फ्रान्समा दुर्इको हत्या 



फ्रान्सको ट्रयाप्पेसमा छोराले चक्कु प्रहार गरी आफ्नी आमा र बहिनीको हत्या गरेका छन्। उक्त आक्रमणमा परी एक जना सिकिस्त घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएको व्यक्ति भने परिवारको सदस्य नरहेको जनाइएको छ। प्रहरीसँग भिडन्तको क्रममा आक्रमणकारीको पनि मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। सो घटना पारिवारिक कलहका कारण भएको हुनसक्ने अनुमान गरिएको छ। आक्रमणकारी मानसिक रुपमा कमजोर रहेको र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।  


जापानमा भीषण आँधी 


जापानको पश्चिमी क्षेत्रमा भीषण आँधी आएको छ। भीषण बाढीबाट गत महिना नराम्रोसँग प्रभावित क्षेत्रका साथै अन्य क्षेत्रमा यसपटक पनि भारी वर्षा र पहिरो जाने चेतावनी मौसम विज्ञान विभागले दिएको छ । ‘सिमारोन’ नामक आँधी गोटो द्वीपबाट करिब १८९ किलोमिटर दक्षिणपश्चिममा २१६ किलोमिटर प्रतिघण्टाको बेगले आएको छ। यस आँधीको कारण बिहीबार अबेर राति भूस्खलन हुने आशंका गरिएको छ। यो आँधी शुक्रबार बिहान देशको उत्तरी भागतिर पुग्ने बताइएको छ। गत जुलाईको बाढी र पहिरोमा परेर २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

टिएमसी कार्यालयमा विस्फोट


भारतको पश्चिम बंगाल राज्यको मकरामपुर जिल्लामा रहेको त्रिणमूल काँग्रेसको कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै पाँचजना गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ। घटनामा ज्यान गुमाएका र घाइते व्यक्तिहरुको त्रिणमूलका कार्यकर्ता रहेको बताइएको छ। 

केरलामा बाढी  


भारतको केरला राज्यमा बाढीका कारण ५०० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। त्यसैगरी  बाढीका कारण करिब २० हजार करोड भारतीय रुपैयाँ बराबरको नोक्सान भएको बताइएको छ। बाढी प्रभावित इलाकामा फसेका व्यक्तिहरुको उद्धार तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ। केरलामा केही दिनयता आएको भीषण बाढीका कारण करिब १० लाख व्यक्ति अस्थायी शिविरहरुमा आश्रय लिन बाध्य भएका छन्
 
एसियाडका खेल


चाइनिज ताइपेकी लि हंगयिङ इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत महिला 'स्पीड स्पोर्ट क्लाइमबिङ'खेलमा मलेसियाकी अब्दुल मुतालिप अमालिना याइराहसँग प्रतिस्पर्धा गर्दै। 

 तस्विर: AP/AFP/ ANI/ REUTERS



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell