PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

नवलपरासीबाट हराएका बालक भारतमा भेटिए



पहिलोपोस्ट

नवलपरासीः पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन्। गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन्।

घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिए। बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ। पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन्।

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

स्थानीय दलदलेस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी गस्ती टोलीले बिहीबार पूर्वी नवलपरासीबाट ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ।

देवचुली–११ धारापानीमा उक्त टोलीले दलदले बजारतर्फ आउँदै गरेको ग१ज ४९८३ नं सावरी साधनबाट करीब एक हजार लिटर मदिरा नियन्त्रणमा लिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell