PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

३३ किलो सुन प्रकरणः अदालतले मुद्दा बाँडेपछि वकिलले गरे पेसी स्थगित



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणः अदालतले मुद्दा बाँडेपछि वकिलले गरे पेसी स्थगित

विराटनगरः ३३ किलो सुन प्रकरणमा बिहीबार उच्च अदालत विराटनगरमा बहस हुनुपर्ने थियो। तर, अदालत र कानुन व्यवसायीको विवादका कारण सुनुवाइ भएन। यसअघि सामूहिक रूपमा गरिँदै आएको सुनुवाइलाई अदालतले मुद्दा विभाजन गरेपछि कानुन व्यवसायी रुष्ट बनेका हुन्। जसकारण चारवटा इजलासमा सुन प्रकरणका मुद्दाको पेसी तोकिए पनि बहस हुन नसकेको हो।

तत्कालीन मुलुकी ऐनको  अदालती बन्दोबस्त महलको १७ नम्बर अनुसार जिल्ला अदालत मोरङको आदेश उपर थुनामा रहेका ३० अभियुक्तले निवेदन दिएका छन्। मुद्दाको बाँकी कारबाही थुनामुक्त भएर गरिपाउँ भन्दै उनीहरुले निवेदन दिएका हुन्।  

अदालतमा प्रत्येक बिहीबार बहस हुनेगरि यसअघि सुनुवाइ गरिरहेको थियो। 

बहसका लागि बिहीबार वरिष्ठ अधिवक्ता सुशील पन्त विराटनगर पुगेका थिए। बहस नहुने भएपछि पन्त फर्किए। अर्का वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टीकाराम भट्टराई भने विराटनगर गएनन्। 

मुद्दालाई फुटाएर हेरिएपछि उच्च अदालत बार एसोसिएसनले बहस स्थगित गरेको अधिवक्ता रामप्रसाद भण्डारीले जानकारी दिए। 
पहिलोपोस्टसँगको कुराकानीमा भण्डारीले भने,' ‘मुद्दा फुटाएर हेरिएपछि ढिला हुने भएर मोरङ, सुनसरी र उच्च अदालत बारले  पेसी स्थगित गरेका हौँ।'

थुना निरन्तरता

पुर्पक्षका लागि थुनामा रहेकामध्ये सम्बिरप्रसाद तोलाङ्गे, पुण्यप्रसाद लामालाई थुनाबाट छाड्न उच्च अदालतले अस्वीकार गरिसकेको छ। उच्च अदालतले जिल्लाको आदेश सदर गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell