PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एसियाड: पौडीमा तीन नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए



पहिलोपोस्ट

एसियाड: पौडीमा तीन नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत शुक्रबार पौडीमा प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी हिट चरणबाटै बाहिरिएका छन्।

जिबिके एक्वाइटिक सेन्टरमा भएको महिला ५० मिटर फ्रिस्टायलमा ओलम्पियन गौरिका सिंह र टिशा शाक्य हिट चरणबाट बाहिरिए।

दुबै खेलाडीले हिट ३ मा प्रतिस्पर्धा गरेका थिए। जहाँ गौरिका सातौँ र टिशा आठौँ भए। गौरिकाले २८.५० तथा टिशाले २९.६१ सेकेण्डमा दुरी पूरा गरे।

समग्रमा ३२ खेलाडीले प्रतिस्पर्धा गरेको यस स्पर्धामा गौरिका २१औँ र टिशा २३औँ स्थानमा रहे।

यस्तै पुरुष ५० मिटर ब्रेस्ट स्ट्रोकमा नेपालका शुभम श्रेष्ठ पनि हिट चरणबाटै बाहिरिए। हिट २ मा प्रतिस्पर्धा गरेका शुभम ८ खेलाडीमध्ये सातौँ भए। समग्रमा ३८ खेलाडीमध्ये शुभम ३२औँ स्थानमा रहे। शुभमले निर्धारित दुरी ३२.४५ सेकेण्डमा पूरा गरे।

यस्तै शुक्रबारै भएको फेन्सिङ्तर्फ मेन्स टिम फोइलको राउण्डअप १६ को खेलमा नेपाल फिलिपिन्ससँग ४५-३ को फराकिलो अन्तरले पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell