PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सप्तरीमा छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

सप्तरीमा छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु
प्रतीकात्मक तस्विर

लहानः सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ।

तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो। बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

यस्तै सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन्। सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले आफ्नै कोठाको सिलिङको पङ्खामा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell