PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा महासमिति बैठक तयारी, विधान परिमार्जन, मुलुकी संहिता जारीपछिको अवस्था, पछिल्लो समयमा स्थानीय तहहरुले लगाइरहेको कर लगायतका विषयमा छलफल हुने शर्माले बताए। 

केन्द्रीय समितिको वैशाख १६ गतेको बैठकले महासमिति बैठक भदौमा डाक्ने निर्णय गरेको थियो। तर, अहिलेसम्म तयारी भएको छैन। महासमितिको मिति तय नगरेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सभापतिसँग असन्तुष्ट समेत छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell