PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान



पहिलोपोस्ट

सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान

काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि भन्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’अभियान सञ्चालन गरिएको छ। निर्मलाको हत्यामा संलग्नलाई पहिचान गरी कारबाही गर्न दवाव दिने उद्देश्ले अभियान सुरु गरिएको हो। ह्यास्ट्याग जस्टिस फर निर्मला अभियान सञ्चालन सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका हुन्।

साउन ११ गते हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टपछि निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको थियो।

#JusticeForNirmala अभियान ट्विटरमा चलिरहेको छ। 

पढ्नुस्ः निर्मला हत्या : किन प्रहरी अनुसन्धान स्थानीयले पत्याएनन्? शंकाका चार आधार

हत्या अभियोगमा प्रहरीले २४ दिनपछि ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो। तर, परिवार र स्थानीयले घटना ढाकछोप गर्न नक्कली प्रतिवादी खडा गरिएको बताउँदै आएका छन्। विष्ट वास्तविक अभियुक्त नभएको जिकिर उनीहरुको छ। घटनाको विरोधमा भइरहेको प्रदर्शनका कारण कञ्चनपुर तनावग्रस्त छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell